रावणराज अन्त्य गर्न जनमत पार्टीलाई भोट दिनुस् : सीके राउत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रावणराज अन्त्य गर्न जनमत पार्टीलाई भोट दिनुस् : सीके राउत


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले रावणराज अन्त्य गर्न जनमत पार्टीलाई  मतदान गर्न आग्रह गरेका छन् । 

रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा.राउतले पुराना राक्षसरुपी दलहरूबाट देशको परिवर्तन सम्भव नरहेको भन्दै यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्न आग्रह गरे ।

अध्यक्ष राउतले जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ता, शक्ति आफ्नै हातमा भए पनि दलहरू एक्लै जनतामा जान नसकेको बताउँदै पाँच–पाँच दलको दुई गठबन्धन बनाएर चुनाव लड्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । 

राउतले एकातिर पाँच दल र अर्कोतिर पाँच दलको गठबन्धन रहेको तर देश विकासका र जनताको लागि नभएर ठगबन्धन भएको तर्क गरे । सामुदायिक समाजवाद ल्याउन देशैभर जनमत पार्टीका उमेदवारहरुलाई मतदान गर्नुपर्नेमा जोड दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस