टी-२० विश्वकप : भारतद्वारा जिम्बावेलाई १८७ रनको लक्ष्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टी-२० विश्वकप : भारतद्वारा जिम्बावेलाई १८७ रनको लक्ष्य


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । आइसिसी टी-ट्वान्टी विश्वकपमा भारतले जिम्बावेलाई १८७ रनको लक्ष्य दिएको छ । मेलबर्नमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनायो ।

भारतका लागि सूर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले । २५ बल खेलेका सूर्यकुमारले ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै ३५ बल खेलेका राहुलले ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए ।

भारतका लागि विराट कोहलीले २६ रन बनाउँदा हार्दिक पाड्याले १८ रन जोडे । बलिङतर्फ जिम्बावेका लागि सेन विलियम्सले दुई विकेट लिए । त्यस्तै रिकर्ड नाराभा, बेलेसिङ मुर्जाबानी र सिकन्दर राजाले एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै भारत अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने योजनामा छ । यता जिम्बावे पनि जितसँगै प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस