काठमाडौँ महानगर : १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आयोगले तिरायो जरिवाना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर : १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई आयोगले तिरायो जरिवाना


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं.१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा पाँच हजार जरिवाना गरेको छ।

वडाध्यक्ष रिजालले आचारसंहिता विपरीत काठमाडौँ क्षेत्र नं ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गराउने निर्णय गरेको हो।

रिजालले काँग्रेसको प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत् फोटो सार्वजनिक गरेको पाइएको थियो।

रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्यांश (४) प्रतिकूल हुनेगरी कार्य पुष्टि भएकाले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस