हालान्डले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटी विजयी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हालान्डले इन्जुरी टाइममा गोल गरेपछि म्यानचेष्टर सिटी विजयी


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । एर्लिन हालान्डले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि म्यानचेष्टर सिटिले प्रिमियर लिगमा शनिबार राति फुलहमलाई २–१ ले पराजित गरेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा पहिलो हाफको आधा घण्टा भित्रै दश खेलाडी समेटिएको सिटीका लागि हालान्डले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै पेनाल्टीमार्फत विजयी गोल गरेका हुन् ।

त्यसअघि १७ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२६औँ मिनेटमा सिटीकालाई अर्को झढ्का लाग्यो । डिफेन्डर जोआ कान्सेलो रातो कार्ड पाउँदै मैदान बाहिरिए भने फुलहमले पेनाल्टी पायो ।

Tags :
प्रतिक्रिया दिनुहोस