२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हेलिकोप्टरमा उडेर आउन सक्ने मान्छेलाई जिताउनुस्’ : आरजु

अ+ अ-

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली काँग्रेसकी नेत्री डाक्टर आरजु राणा देउवा बेलाबेला आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन्।

केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचनका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले काँग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा उनले वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने लोप दिँदा पनि उनी चर्चामा आएकी थिइन्।

यसै गरी प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेलधुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन्। उनले डडेलधुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्।

अहिले गृह जिल्ला विभिन्न चुनावी सभामा सम्बोधनका लागि यति बेला प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डडेल्धुरामा छन्। सोही क्रममा शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउन सक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन्।

‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौँ। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुस्। नेपाली काँग्रेसको रुख छापमा तपाईँहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जिताउनुस्।’