परराष्ट्रकी अधिकृत सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

परराष्ट्रकी अधिकृत सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ ।

बिहीबार साँझ हनुमान स्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३-०२-००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बागबजारस्थित काठमाडौँ मोडल अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा चालक घट्टे कुलो बस्ने तनहुँको दमौलीका २४ वर्षीय मिलन राना घाइते छन् । उनको उपचार महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ ।

अधिकृत सुब्बा मन्त्रालयको राष्ट्र सङ्घ महाशाखामा कार्यरत थिइन् । उनले यसअघि इजरायलस्थित नेपाली राजदूतावासमा सेवा गरिसकेकी छन् । सुब्बाको पति र नाबालक छोरा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस