बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा जात्रा सम्पन्न, एक सय ६० पशुको बलि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा जात्रा सम्पन्न, एक सय ६० पशुको बलि


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा आज पशु बलिसहित जात्रा सम्पन्न भएको छ । 

दशरथचन्द नगरपालिका-८ मा रहेको उक्त मन्दिरमा कात्तिक १४ गतेदेखि पूजापाठ भएर आज राँगा र बोकाको बलिसहित जात्रा सम्पन्न भएको हो । 

मन्दिरका मुखिया चन्द्रसिंह थापाका अनुसार ८० राँगा र ८० बोका गरी एक सय ६० पशुको बलि दिइएको हो । यो मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ । यो जात्रामा हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । 

रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा तीन रात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रहिआएको छ । 

त्रिपुरासुन्दरीलाई रणशैनी भगवतीको नामले समेत पूजाआजा गर्ने चलन रहिआएको छ । जात्राका लागि दशरथचन्द नगरपालिकाले आज सार्वजनिक बिदासमेत दिएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस