गोरखाले लगाएको ऋण तिर्न गोरखाबाट चुनाव लड्दै छु : प्रचण्ड « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोरखाले लगाएको ऋण तिर्न गोरखाबाट चुनाव लड्दै छु : प्रचण्ड


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा मात्रै नलिन आग्रह गरेका छन् ।

बिहीबार (आज) काठमाडौँको लैनचौर ब्याङ्केटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘यो निर्वाचनमा प्रतिगमनकारी र अग्रगमनकारी आमने/सामने हुँदै छौँ ।’ सँगै उनले आफूहरू व्यवस्था जोगाउन लागि परेको बताउँदै भने, ‘हामीचाहिँ अग्रमनकारी हौँ । उतापट्टि अर्को समूह छ, जो प्रतिक्रान्तिकारीहरूको हो ।’

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट चुनाव लड्न लागेका प्रचण्डले आफूले गोरखाको विकासबारे सोचिरहेको बताए । आफू गोरखाले विगतमा लगाएको ऋण तिर्न गोरखाबाट चुनाव लड्न लागेको भनाइ उनको थियो । ‘नेपालको इतिहासमा गोरखाले लगाएको ऋण तिर्न म गोरखाबाट चुनाव लड्दै छु,’ उनले भने ।

उनले आफूले गोरखाबाट समृद्धिको यात्रा सुरु गर्ने प्रतिबद्धता जनाए । समृद्धिको यात्रा अबको अपरिहार्य सर्त रहेको उल्लेख गर्दै उनले भने, ‘जनतालाई समृद्धिको खाका कोरेर देखाउन सकिएन, उनीहरूको समृद्धि सपनामा साथ दिन सकिएन भने अहिलेसम्म प्राप्त उपलब्धिहरूको पनि औचित्य हुँदैन । त्यसैले हामीले समृद्धिको यात्रा तय गर्नुपर्छ । यो यात्रा अब गोरखाबाट सुरु गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस