ओली आज धनगढी जाँदै, भोलि दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओली आज धनगढी जाँदै, भोलि दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने


१७ कार्तिक २०७९, बिहिबार


कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाने भएका छन् । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।

आज साँझ धनगढी पुग्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने उनले बताए । 

एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ (दार्चुला) बाट चुनावी अभियान सुरु गरिने एमाले सुदूरपश्चिमका सचिव पाठकले बताए। अतिक्रमित भूमि फिर्ताको मुद्दालाई एमालेले विशेष रूपमा उठाउने पनि उनले बताए। 

‘ओली सरकारकै बेला भारतले कब्जा गरेको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली नक्सामा राखिएको थियो,’  उनले भने, ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपाललाई फिर्ता गर्नुपर्छ। अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ।’ एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने पाठकको जिकिर छ। 

पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने छ ।‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ’ उनले भने ‘अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ ।’

दार्चुला सदरमुकाम खलङ्गामा भोलि बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। यस्तै भोलि नै  दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस