धनगढीका अवैध संरचनामाथि चलायो उपमहानगरले डोजर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

धनगढीका अवैध संरचनामाथि चलायो उपमहानगरले डोजर


१७ कार्तिक २०७९, बिहिबार


धनगढी । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरु गरिएको छ।

बुधवारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको हो।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो। सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ-बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो।

तर घरधनीहरूले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले संरचना हटाउन थालेको हो। उनले बुधवारबाट सुरु भएको अभियानलाई निरन्तरता दिने पनि बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस