सन्दीपका तीन वकिलले आज पनि बहस गर्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सन्दीपका तीन वकिलले आज पनि बहस गर्दै


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको तर्फबाट कानुन व्यवसायीहरूले आज पनि बहस गर्दै छन् । बुधबार हेर्दाहेर्दैमा रहेको मुद्दामा आज पुनः बहस हुनेछ ।

बुधबार सन्दीपका तर्फबाट दुई कानुन व्यवसायीहरूले बहस गरेका थिए । सन्दीपका पक्षबाट आज तीन जना कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।

बुधबार जिल्ला अदालत काठमाडौँमा अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए ।

सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् ।

अधिवक्ता सापकोटाको अनुसार जाहेर वालिको जन्म दर्ता अनुसारको जन्म मिति कायम भएमा उनको उमेर १९ वर्ष हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस