२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. तोसिमाको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध सर्वोच्च जाने तयारीमा आयोग 

अ+ अ-

काठमाडौं । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत जाने भएको छ । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ । सो अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च जाने तयारी भएको आयोग स्रोतले बताएको छ ।

बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पनि त्यस्तै सङ्केत गरेका छन् । ‘हामीले उम्मेदवारी खारेजीको निर्णय गर्दा सर्वोच्च अदालतले गरेको निर्णयलाई आधार बनाएको हो । कानूनमा लाभको पद भनिदिएको छ । (त्यो भनेको के हो) कहीँ कतै लेखिदिएको छैन’ उनले पत्रकार सम्मेलनमा भने, ‘एउटा व्याख्या भएर त्यसैका आधारमा काम गर्दा फेरि अर्को आइपर्छ । तपाई हामीलाई सधैलाई अस्पष्टता भयो । आयोग यसलाई उपयुक्त व्याख्या गराउनको निम्ति प्रयत्न गर्छ ।’

स्रोतका अनुसार, निर्वाचन आयोगले तोसिमाको हकमा दिएको अन्तरिम आदेश दुई कारणले खारेज हुनुपर्ने तर्क गरेको छ । लाभको पदसम्बन्धी नै विवादमा सर्वोच्चले बुधबार रुपन्देही–२ का उम्मेदवार डा। कमल भुसालको हकमा निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो ।

दोस्रो, न्यायाधीश डा.चुडालको इजलासले गरेको लाभको पदसम्बन्धी व्याख्याका कतिपय पक्षमा आयोग सहमत छैन । निर्वाचन आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्ले लाभको पदका सन्दर्भमा अब दीर्घकालीन अर्थ राख्ने व्याख्याको आवश्यकताले गर्दा पनि आयोगले सर्वोच्चमा निवेदन दिनेछ ।

सर्वोच्च अदालतले मंगलबार डा। कार्की नेपाल मेडिकल कलेजको निर्वाचित सदस्य रहेको, उनले बैठक भत्ता, भ्रमण भत्ता र सवारी खर्च जस्ता आर्थिक लाभ लिए पनि नियमित प्रकृतिको सुविधा नलिएको भन्दै उनको उम्मेदवारी कायम रहने आदेश गरेको थियो । साथै उम्मेदवारीका क्रममा उनले आफू निर्वाचित भएको पद ‘लाभको पद हो कि होइन भनी मौकामा आयोगमा निवेदन दिँदा कुनै जवाफ नपाएको’ भन्दै सर्वोच्च अदालतले त्यसलाई अन्तरिम आदेश दिने आधार बनाएको थियो ।

निर्वाचन आयोगको बुझाइमा डा. कार्की र रुपन्देही-२ का उम्मेदवार डा. कमल भुसाल दुवै लाभको पदमा रहेका कारण उम्मेदवारी खारेज भएको हो । डा. भुसाल सरकारी छात्रवृत्तिमा चिकित्साशास्त्रको स्नातकोत्तर (एमडी) अध्ययनरत थिए । त्यसरी पढ्ने क्रममा उनीहरूले डाक्टरको काम पनि गर्नुपर्छ र त्यसबापत तलब समेत पाउँछन् ।

निर्वाचन अधिकृतले डा. भुसालको उम्मेदवारी खारेज गरिदिएका थिए । त्यस विरुद्ध दिएको रिटमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाश कुमार ढुङ्गानाको इजलासले भुसालको उम्मेदवार कायम हुन नसक्ने भन्दै आयोगको निर्णयलाई प्रारम्भिक रूपमा सदर गरेको थियो ।

निर्वाचन आयोगका एक आयुक्त, सार्वजनिक पद धारणा गरेको व्यक्ति सरहको अर्थ दिने ‘लाभको पद’का बारेमा न्यायाधीश डा.चुँडाल इजलासको प्रारम्भिक व्याख्या निकै कच्चा र अपरिपक्व हो । आदेशमा अख्तियारले सार्वजनिक पद सम्झेको व्यक्ति नै लाभको पदधारी हो भनी अर्थ लगाउने हो भने मेडिकल काउन्सिलका पदाधिकारीहरू लाभको पदमा रहेको अर्थ हुने उनको जिकिर छ ।

आयोगका पदाधिकारीहरूले कानुन महाशाखालाई अन्तरिम आदेश खारेजका लागि दिइने निवेदनको मस्यौदा तयारीका लागि निर्देशन दिइसकेका छन् । सम्भवतः बिहीबार आयोगले यसबारेमा निर्णय लिने र सर्वोच्च अदालतमा निवेदन दर्ता गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार : तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी

प्रतिक्रिया दिनुहोस