नेपाल-भारत सीमा ७२ घण्टा सिल रहने  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल-भारत सीमा ७२ घण्टा सिल रहने 


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाल-भारत सीमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठक बिहारको रक्सौलमा भएको छ। नेपालको आसन्न निर्वाचनमा सीमाक्षेत्र वरपर शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपाली तथा भारतीय अधिकारीबीच अन्तर जिल्ला सीमा बैठक बसेको हो।

बैठकमा चुनावलाई लक्षित गरी सीमा सुरक्षाका विषयमा छलफल भएको नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

भारतको बिहार राज्यसँग सीमा जोडिएका नेपालका ६ जिल्लाका प्रशासनिक तथा सुरक्षा अधिकारीहरू सम्मिलित सो बैठकलाई नेपाल तर्फबाट नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नेतृत्व गरेका थिए।

बैठकमा भारत सीमावर्ती सुरक्षा अधिकारीसहित बिहार राज्य पूर्वीचम्पारण जिल्ला अधिकारी सिरसत कपिल अशोकको उपस्थिति रहेको थियो।

बैठकले नेपालमा मंसिर ४ मा हुने निर्वाचनको सुरक्षाका लागि भारतसँग सीमा जोडिएका रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी पूर्व र पश्चिमका नाकाहरू मंसिर २ देखि ४ गते सम्म ७२ घण्टाका लागि सिल गर्ने निर्णय गरेको छ ।

यस्तै, बैठकमा मदिरा तथा लागू पदार्थ ओसारपसार, जाली नोट तस्करीलगायत अन्तरसीमा अपराध सम्बन्धी  गैरकानुनी गतिविधि   नियन्त्रण तथा नेपाल भारत छिमेकी जिल्लाबीच सूचना आदानप्रदानका विषयमा छलफल तथा समझदारी भएको प्रजिअ घिमिरेले जानकारी दिए। 

Tags :
प्रतिक्रिया दिनुहोस