सल्यानटारमा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सल्यानटारमा भीरबाट खसेर म्यादी प्रहरीको मृत्यु


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । गस्तीमा जाँदा धादिङको सल्यानटारमा भीरबाट खसेर घाइते भएकी एक म्यादी प्रहरीको उपचारका क्रममा ज्यान गएको छ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार घर भएकी २१ बर्षिया भवानी खकुराल मंगलबार गस्ती जानेक्रममा भीरबाट खसेर घाइते भएकी थिइन् ।

घाइते खकुरालको सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । खकुराल म्यादी प्रहरीमा छनौट भएपछि उनलाई त्रिपुरा सुन्दरी गाउँपालिकाको सल्यानटारस्थित इलाका प्रहरी कार्यालयमा खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस