सत्ता गठबन्धनको कार्यालयमा कार्यकर्ताले लगाए ताला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धनको कार्यालयमा कार्यकर्ताले लगाए ताला


१६ कार्तिक २०७९, बुधबार


ठमाडौँ । सत्ता गठबन्धनको निर्वाचन प्रचारप्रसारको कार्यालयमा तालाबन्दी गरिएको छ ।

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै आएका नेपाली काँग्रेस युवाहरूले पूर्वी चितवनक्षेत्र नं १ प्रदेश सभा ‘ख’ को रत्ननगरमा रहेको कार्यालयमा बुधवार बिहान तालाबन्दी गरेका हुन्।

नेपाली काँग्रेस निकट ३० देखि ४० जना युवाहरू सौराहाचोकस्थित कार्यालयमा पुगेर ताला लगाएका थिए ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस भित्र उम्मेदवार कै विषयमा असन्तुष्टि रहेको छ । निर्वाचन गतिविधिलाई सशक्त बनाउन नसकेको भन्दै नेतृत्वको आलोचनाका बीच युवाहरूले गठबन्धनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

ताला लगाउन पुगेका नेविंसघका विद्यार्थी नेता आयूष श्रेष्ठले नेपाली काँग्रेसभित्रै आफूहरूलाई वाइपास गर्न खोजिएकोले ताला लगाएको बताए । सत्ता गठबन्धनबाट सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी कृष्ण खनाल उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस