अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न सरकारले दियो अनुमति « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न सरकारले दियो अनुमति


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो पटक बसेको बैठकले अमेरिका र स्विजरल्यान्डसँग हवाई सम्झौता गर्न अनुमति दिएको हो ।

दुई मुलुकसँग हवाई सम्झौता भएमा दुवै मुलुकका हवाई सेवा कम्पनीहरूले एक अर्को मुलुकमा उडान गर्न पाउने छन् ।

लामो समयदेखि अमेरिका र स्विजरल्यान्डका हवाई सेवा कम्पनीले नेपालमा उडान गर्नका लागि चासो देखाउँदै आएका थिए ।

नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सम्झौता गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस