बारामा विकासको बहार ल्याउँछु : नेता श्रेष्ठ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बारामा विकासको बहार ल्याउँछु : नेता श्रेष्ठ


१६ कार्तिक २०७९, बुधबार


बारा । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिबद्धता जनाएका छन् ।

बाराको परवानीपुरमा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले बृहत् समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफूले नेतृत्व लिने बताए ।

बाम लोकतान्त्रिक गठबन्धनबाट बारा–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले बारामा राष्ट्रिय महत्त्वका परियोजनाहरू आफूले अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।

करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिँचाइ सुविधा पुर्‍याउने, कृषिको आधुनिकीकरण गर्ने जस्ता योजना समेत रहेको उनले बताए ।

सो अवसरमा नेकपा एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सय जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

गत स्थानीय निर्वाचनमा परवानीपुर गाउँपालिकाका अध्यक्षका प्रत्याशी पटेल सो क्षेत्रमा एमालेका प्रभावशाली नेता मानिन्थे ।

Tags :
प्रतिक्रिया दिनुहोस