स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौँ : डा.शशाङ्क कोइराला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौँ : डा.शशाङ्क कोइराला


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शशाङ्क कोइरालाले राजनीतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने बताएका छन् ।

नवलपुरको दलदलेमा पाँच दलीय गठबन्धनको अगुवा कार्यकर्ता प्रशिक्षणलाई आज सम्बोधन गर्दै नेता कोइरालाले बहुमत प्राप्त भएमा स्थिरता सँगसँगै विकास दिने बाचा गरे । उनले भने, “संविधानको रक्षा, स्थिरता र विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन ।” आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काम खर्चिएको बताए ।

“जिल्लामा ससाना काम भएकै छन् । अबकी कार्यकाल विकासका लागि हो”, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस