बम विस्फोटको घटना अनुगमन गर्न आयोगले खटायो टोली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बम विस्फोटको घटना अनुगमन गर्न आयोगले खटायो टोली


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटको तिलागुफा नगरपालिका-१० मा १२ कात्तिकमा भएको बम विस्फोटको घटनाको अनुगमन सुरु गरेको छ । कालिकोटमा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको जानकारी दिएको छ ।

प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्ता घटनालाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ ।

त्यस्तै घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न र आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न पनि आयोगले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस