‘नो नट अगेन’ बारे आयोगविरुद्धको मुद्दाको सुनुवाइ बुधबार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘नो नट अगेन’ बारे आयोगविरुद्धको मुद्दाको सुनुवाइ बुधबार


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानबारे जारी गरेको विज्ञप्तिविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । आजका लागि पेसी तोकिए पनि मुद्दाको चापका कारण भोलि मात्रै सुनुवाइ हुने रिट निवेदक वरिष्ठ अधिवक्ता डा।दिनेश त्रिपाठीले जानकारी दिए ।  

गतसाता आयोगले यो अभियान गैर कानुनी रहेको भन्दै थप क्रियाकलाप अघि नबढाउन निर्देशन दिएपछि त्यसको आलोचना मात्रै भएन आयोग विरुद्धको सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । 

वरिष्ठ अधिवक्ता त्रिपाठीले आयोगको सो कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक विपरीत रहेको भन्दै रिट दायर गरेका थिए । उनले आयोगले यस सम्बन्धमा जारी गरेको सूचना स्वेच्छाचारी र बदनियतपूर्ण रहेको भन्दै उक्त सूचना खारेजीको माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस