मैले बहुमतको सरकार ढालेको होइन, गम्भीर षडयन्त्र भयो : ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मैले बहुमतको सरकार ढालेको होइन, गम्भीर षडयन्त्र भयो : ओली


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७४ मा आफ्नो पार्टीले बहुमत नपाएको बताएका छन् । लाइभ डिवेटमार्फत ओलीले ०७४ मा एमालेलाई प्रत्यक्ष र समानुपातिक गरी १२१ सिट मात्र प्राप्त भएको बताए ।

उनले भने, ‘एमालेलाई प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट दिइएको थियो । बहुमतका लागि १३८ सिट चाहिन्थ्यो । हामीसँग मिलेर चुनाव लडेको पार्टीलाई मिलाएर सरकार बनाउनुपर्ने थियो । पार्टीसँग एकता गरेर बहुमत पुर्‍याइएको हो ।’

तर त्यो बहुमतको सरकार एमालेले नढालेको उनको जिकिर छ । ‘त्यो सरकार ढालेको एमाले अध्यक्षका हिसाबले वा तत्कालीन प्रधानमन्त्रीका हिसाबले मैले पनि होइन । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन कस कसले भूमिका खेले जगजाहेर छ ,’ ओलीले भने । ०७४ को चुनावपछि एमालेको सरकार बनाउन नदिन सुरुमै गम्भीर षडयन्त्र भएको ओलीको दाबी छ ।

‘मंसिरमा चुनाव सम्पन्न भए पनि सरकार बनाउन नदिने गम्भीर षडयन्त्र भयो । चुनाव एमालेसँग मिलेर लड्ने र भित्रभित्रै अर्को षडयन्त्र गर्ने अरूसँग मिलेर सरकार बनाउन खोजेर फागुन ३ गतेसम्म सरकार बनाउन दिइएन । निर्वाचन कार्यालयबाट राष्ट्रपति कार्यालयसम्म परिणाम पुग्न डेढ महिना लाग्यो । निर्वाचन आयोगले परिणाम नै पठाएन,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस