खोटाङमा निर्वाचनका लागि ७९२ मत पेटिका « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खोटाङमा निर्वाचनका लागि ७९२ मत पेटिका


१५ कार्तिक २०७९, मंगलबार


खोटाङ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले मत पेटिका तयारी अवस्थामा राखेको छ ।

४ मंसिरमा हुने निर्वाचनका लागि गत स्थानीय तहको निर्वाचनमा प्रयोग भएका र नयाँ गरी ७९२ थान मत पेटिका तयारी अवस्थामा राखिएको हो ।

जिल्लाको १३६ मतदान स्थलका १९४ मतदान केन्द्रमा पाँच वटाका दरले र दुई वटा अस्थायी मतदान केन्द्रमा एकरएक वटाका दरले मत पेटिका प्रयोग हुने जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।

प्रत्यक्ष र समानुपातिक मतका लागि प्रतिमतदान केन्द्र चाररचार वटा मत पेटिका प्रयोग हुने भएपनि एकरएक थान मत पेटिका जगेडाका रुपमा मतदान केन्द्रमा पठाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

‘हामीसँग पुरानो मतपेटिका छ । टुटफुट भएका र चर्किएको मत पेटिकाको सट्टा नयाँ मत पेटिका प्रयोग हुन्छ,’ जिल्ला निर्वाचन अधिकारी गौतमले भने, ‘अपुग र थप मत पेटिका कात्तिक १२ गते गाडीमार्फत ल्याइएको छ । एक मतदान केन्द्र बराबर पाँच वटा मत पेटिका पठाउने छौं । एक वटा चैं जगेडाका लागि पठाउन लागिएको हो ।’

अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैदीले मताधिकार प्रयोग गर्नेछन् । कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैदीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र खडा गरिने छ ।

कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने जिल्ला निर्वाचन अधिकारी गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस