गठबन्धन मुलुक संवृद्धिका लागि हो : नेता महर « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

गठबन्धन मुलुक संवृद्धिका लागि हो : नेता महर


१५ कार्तिक २०७९, मंगलबार


डडेलधुरा । नेपाली काँग्रेस नेता नैनसिंह महरले मुलुकको संवृद्धिका लागि गठबन्धन गरिएको बताएका छन् ।

चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभिचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन् ।

‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो । त्यो काँग्रेसको रहर होइन । देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन गर्नुपरेको बाध्यात्मक अवस्था थियो। गठबन्धन बनेपछि मुलुक ठुलो दुर्घटनामा जानबाट जोगिएको छ। त्यसैले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनु होला,’ महरले भने ।

डडेलधुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध लड्न उम्मेदवारी दिएकाहरूको जमानत जफत हुने महरको दाबी छ । महरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कुनै एक क्षेत्रको विकासका लागि मात्र नभई समग्र मुलुकको विकासका लागि हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस