टि-२० विश्वकप : आयरल्यान्डविरुद्ध अस्ट्रेलिया विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टि-२० विश्वकप : आयरल्यान्डविरुद्ध अस्ट्रेलिया विजयी


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । आइसिसी ट्वान्टी-२० विश्वकपमा सोमबार अस्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गरेको छ । 

बिसब्रेन क्रिकेट मैदानमा अस्ट्रेलियाले १७९ रनको योगफल खडा गरेको थियो । १८० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित १८.१ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

आयरल्यान्डलाई कम योगफलमै रोक्न अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कुमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए । मार्कुस स्टोइनिसको नाममा एक विकेट रह्यो ।

आयरल्यान्डका लोर्कान टकरले अविजित ७१ रन बनाएपनि टिमलाई जितसम्म डोर्‍याउन सकेनन् । उनले ४८ बलमा नौ चौका र एक छक्का प्रहार गरे । ग्यारेथ डेलनीले १४ रन बनाउँदा ओपनर पाउल स्टर्लिङ र मार्क अडाइरले समान ११ रन जोडे ।

यअसघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ६३ रन बनाएका थिए । उनले ४४ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । मार्कुस स्टोइनिसले ३५, मिचेल मार्सले २८ र ग्लेन म्याक्सवेलले १३ रन बनाउँदा टिम डेविड १५ रनमा अविजित थिए ।

आयरल्यान्डका बेरी म्याककेर्थीले तीन र जस लिटिलले दुई विकेट लिएका थिए ।

जितसँगै चार खेलबाट पाँच अङ्क जोडेको अस्ट्रेलिया सुपर-१२ समूह-१ दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट तीन अङ्क जोडेको आयरल्यान्ड चौथो स्थानमा छ । ६ टिम रहेको समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस