यात्रु अलपत्र पारेको भन्दै निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

यात्रु अलपत्र पारेको भन्दै निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आइतबार काठमाडौँबाट डिल्ली उड्ने उडान नम्बर आरए-२१७ का यात्रुलाई प्राधिकरणबाट उडान स्वीकृति नलिएर विमानस्थलमा बोलाएको र अलपत्र पारेको भन्दै प्राधिकरणले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

उडान नभएको दिनमा यात्रुहरूलाई विमानस्थलमा बोलाएर गैरकानुनी तरिकाले बोडिङ्ग पाससमेत उपलब्ध गराएर गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेको भन्दै वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणको नयाँ उडानतालिका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको निगमको तीन उडानमध्ये एउटा उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने थियो । तर, निगमले भैरहवाबाट उडान भर्न नमानेपछि प्राधिकरणले उसको एउटा उडान कटौती गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस