२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका धार्मिक कर्म गर्नेलाई कारबाहीको माग

अ+ अ-

काठमाडौँ । शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ ।

असोज १४ मा अस्त भएको शुक्र मङ्सिर ६ मा उदय हुने समितिले जनाएको छ । गुरु, शुक्र अस्त भएका बेला पुराण वाचनलगायत कुनै कामनाले गर्ने कर्म गर्न नहुने समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा पनि सूचना प्रकाशन गरिएको छ । सूचना विपरीत विभिन्न जिल्लामा मुहूर्तबिना धार्मिक कार्यक्रम आयोजना गरिएको हिन्दू जागरण नेपालले जनाएको छ ।

हिन्दू जागरणले बिना मुहूर्त धार्मिक कार्यक्रम गर्नेको प्रमाणसहित समितिमा उजुरी दर्ता गरेको अध्यक्ष रामकृष्ण उपाध्यायले बताए । यस्तो काम गर्नेलाई समिति गठन आदेश, २०७७ बमोजिम कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ ।

हिन्दू जागरणले समितिले स्वीकृति नदिइ प्रकाशन भएका पात्रोलाई पनि कारबाही गर्न माग गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोले आफूखुसी मुहूर्त र साइत राख्ने एवम् सोअनुसार काम गर्ने गरिएकाले समिति गठन आदेश बमोजिम कारबाही गर्न माग गरिएको हो ।

शुक्र उदय भएपछि मङ्सिर १० गतेपछि मात्र यस वर्षको विवाह, व्रतबन्धको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।

समितिमा आएको उजुरीका विषयमा आवश्यक कारबाही गरिने उहाँले जानकारी दिए । समितिमा थोरै जनशक्ति भएकाले गठन आदेशले दिएका सबै काम गर्न सम्भव नभएको बाइएको छ ।

विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा छ । गठन आदेश बमोजिम यस वर्षका पात्रो र भित्तेपात्रो समितिको स्वीकृतिमा मात्र प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो र भित्तेपात्रोलाई कारबाही गर्न समितिले कार्यविधि पनि मस्यौदा गरी स्वीकृतिको चरणमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस