मस्कले निलम्बित ट्विटर खाता सुचारु गरेपनि नचलाउने ट्रम्पको सङ्केत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मस्कले निलम्बित ट्विटर खाता सुचारु गरेपनि नचलाउने ट्रम्पको सङ्केत


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको निलम्बित ट्वीटर एकाउन्ट नचलाउने सङ्केत गरेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्वीटर किनेपछि ट्रम्पलगायत धेरै निलम्बित एकाउन्ट पुनः स्थापना हुने भएपनि ट्रम्पले उनकै स्वामित्वमा रहेको ‘ट्रुथ सोसल’बाहेक अरू नचलाउने बताएका छन् । 

ट्रम्पका समर्थकहरूले ६ जनवरी २०२१ मा अमेरिकाको संसद भवन क्यापिटल हिलमा आक्रमण गरेपछि फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालले ट्रम्पको एकाउन्ट निलम्बित गरिदिएका थिए । आफूलाई वाक स्वतन्त्रताको कट्टर हिमायती बताउने मस्कले बिहीबार ट्वीटर खरिद प्रक्रिया टुङ्याए ।

अधिग्रहण सम्पन्न भएलगतै शीर्ष उनले कम्पनीका अधिकारीहरूलाई बर्खास्त गरेका छन् । तर मक्सले हालसम्म ट्वीटरलाई कस्तो बनाउने भनेर खुलाएका छैनन् । 

ट्वीटरको खरिद प्रक्रिया सकिएपछि ट्रम्पले उनकै प्लेटफर्ममा ट्विटर एक ‘सक्षम हातमा’ गएकोमा आफू खुसी भएको बताएका थिए । त्यस पोस्टमा उनले ट्वीटरको प्रतिबन्धित एकाउन्टमा फर्किने नफर्किने उल्लेख गरेका छैनन् । मस्कले ट्विटर स्वामित्व लिएपछि विगतमा निलम्बित एकाउन्टहरू चाँडै पुनःस्थापित हुने आशा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस