शिक्षामा लगानी बढाएर नमुना क्षेत्र बनाउँछौँ : विष्णु पौडेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षामा लगानी बढाएर नमुना क्षेत्र बनाउँछौँ : विष्णु पौडेल


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय शिक्षामा समान पहुँच पुर्‍याउन शिक्षा क्षेत्रमा लगानी केन्द्रित गर्ने बताएका छन् । 

एमाले निर्वाचन परिचालक कमिटी बुटवल–१३ को वडा स्तरीय कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले शिक्षामा विद्यार्थीको रुचि र क्षमता अनुसारको गुणस्तरीय शिक्षा आर्जनका लागि शिक्षामा लगानी बढाउनुपर्ने बताए ।

पौडेलले स्वास्थ्य पूर्वाधार, जनशक्ति व्यवस्थापन गर्दै जनता उपचारको लागि महँगा अस्पताल जानुपर्ने बाध्यताको पनि अन्त्य गरिने बताए । पौडेलले अल्पकालीन र दीर्घकालीन तालीम सञ्चालन गरी रोजगारी सृजनाका अवसरहरू जुटाउने आश्वासन दिए । ‘शिक्षित जनशक्ति, स्वास्थ्यका जनशक्तिको दृष्टिकोणले र बेरोजगारीको समस्या समाधान गरी रोजगारीका अवसर सृजना गरेर यो क्षेत्रलाई नमुना बनाउनु चाहेका छौँ,’ पौडेलले भने । 

Tags :
प्रतिक्रिया दिनुहोस