भोलि पनि सार्वजनिक बिदा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भोलि पनि सार्वजनिक बिदा


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ। छठ पर्वको अवसरमा सोमबार मधेस प्रदेशमा सार्वजनिक बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिएका छन्।  

केन्द्रीय सरकारले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। साथै मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक बिदा दिएको मुख्यमन्त्री राउतले जानकारी दिए।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले सोमबार सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन्। उनले छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।

‘सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाओस् भनी कामना गर्दछौँ,’ मुख्यमन्त्री राउतको शुभकामना सन्देशमा उल्लेखमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस