मान्छेले छेक्दा छेक्दै पनि काम गरेर देखाएँ, त्यो हेरेर पनि नागरिकले भोट दिन्छन् : ओली « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मान्छेले छेक्दा छेक्दै पनि काम गरेर देखाएँ, त्यो हेरेर पनि नागरिकले भोट दिन्छन् : ओली


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको दाबी गरेका छन् । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दा छेक्दै दुई वर्षमात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको उनको दाबी छ । 

आज आइतबार झापाको गौरादह नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राष्ट्र निर्माणको आकाङ्क्षालाई पूरा गर्न र जनताको सार्वभौम सत्ता स्थापित गर्न अपरिहार्य रहेको बताए । उनले हिजोका काम हेरेर अबको चुनावमा नागरिकले उम्मेदवार छान्ने बताए।

पूर्वप्रधानमन्त्री ओलीले एमाले देशका लागि काम गर्ने पार्टी भएको दाबी गरे । यस पटकको चुनावले देशको भाग्य र भविष्य निर्माण गर्ने पनि उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस