दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङलाई स्पष्टीकरण सोधेको छ।

उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ‘‘३० लाखमा नेपालमा चुनाव जित्छ यार‘‘मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

तपाईँले गर्ने निर्वाचन खर्च मनाङ जिल्ला प्रदेश सभा ‘ख’ को लागि आयोगले तोकेको खर्चको सीमा रु २३ लाख भित्र हुनुपर्छ, पर्दैन ? यदि तपाईँको अभिव्यक्ति सत्य हो भने तपाईँले मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको रु १५ लाखको सक्कल बिल भौचर, तपाईँले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैङ्क तथा खाता नं.र उक्त रकम प्राप्तिको स्रोत समेत खुलाई जवाफ पेस गर्न भनिएको छ।

निर्वाचन आयोगले तोकेको खर्च सीमा रकम साँच्चै त्यस क्षेत्रका लागि अपुग हो भने कुन-कुन शीर्षकमा तपाईँले रु २३ लाख रकम खर्च गर्नुभयो ? फेहरिस्त पेस गर्नुहोला। तपाईँको निर्वाचन क्षेत्रको लागि कुन-कुन शीर्षकमा खर्च सीमा बढाउनु पर्ने तथा कुन-कुन नयाँ शीर्षक थप गर्न आवश्यक हो ? थप गर्नु पर्ने शीर्षकसहित वस्तुगत आधार कारण समेत जवाफमा पेस गर्न  भनिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस