‘नो नट अगेन’ अभियानको अर्थ छैन : प्रचण्ड « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘नो नट अगेन’ अभियानको अर्थ छैन : प्रचण्ड


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दलको विकल्पको रूपमा उभिएका स्वतन्त्र उम्मेदवार र वर्षौँदेखि देशको राजकाज चलाइरहेका नेताहरूलाई नदोहोर्‍याउन अपिल गरेका छन् । 

उनले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई पानीको फोकाको संज्ञा दिँदै त्यसको अर्थ नभएको बताए ।

अध्यक्ष प्रचण्डले यस्ताहरूले मुलुकलाई अराजकतातिर लैजाने जोखिम रहेको आरोप समेत लगाएका छन् । चुनावी प्रचारप्रसारको क्रममा मतदाता भेटघाटको क्रममा गोरखाको भच्चेकमा रहेका अध्यक्ष दाहालले आइतबार बिहान जनसमुदायलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

‘स्वतन्त्र भएर हुने चाहिँ केही होइन । देशलाई, जनतालाई, समग्र इतिहास निर्माणलाई स्वतन्त्रले भूमिका खेल्छन् भन्नेजति अवैज्ञानिक र अवस्तुवादी कुरा त केही पनि हुँदैन, पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘तर पनि स्थानीय तहको चुनावमा र अहिले पनि स्वतन्त्र भनेर पार्टीहरूलाई बदनाम गर्ने, पार्टी नेतृत्वलाई बदनाम गर्ने, जसले इतिहास निर्माणमा, ठूल्ठुला युगान्तकारी परिवर्तनमा असाधारण भूमिका खेले उनीहरूलाई गाली गरेर हिँड्ने प्रवृत्ति कदापि राम्रो होइन । मैले हेर्दाखेरि यो झण्डै झण्डै पानीको फोका जस्तो हो।’ 

गोरखाको प्रतिनिधिसभा-२ का उम्मेदवार दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस