ग्वार्कोमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ग्वार्कोमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । ललितपुरको ग्वार्कोमा हिजो बेलुकी स्कोरपियो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको निलो रङको स्कोरपियो जिपले पैदल हिँडिरहेकी अन्दाजी २६ वर्षीया युवतीलाई हिजो राति ठक्कर दिएको थियो ।

उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा हिजो बेलुकी ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस