भोलिको प्रधानमन्त्री प्रचण्ड नै हो : बाबुराम भट्टराई « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

भोलिको प्रधानमन्त्री प्रचण्ड नै हो : बाबुराम भट्टराई


१३ कार्तिक २०७९, आइतबार


गोरखा । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् ।

गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ ।

उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा क्षेत्र नं। २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस