मेस्सी, नेयमार र एम्बाप्पेको गोलसँगै पीएसजीको जित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेस्सी, नेयमार र एम्बाप्पेको गोलसँगै पीएसजीको जित


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । स्टार खेलाडीहरू लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेले गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा ट्रोयसमाथि ४–३ को जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा पिएसजीले जित निकाल्न निकै सङ्घर्ष गर्नु परेको थियो । तीन स्टार खेलाडी चम्किए पछि पिएसजीले तीन अङ्क प्राप्त गरेको हो ।

पिएसजीको गोलमा कार्लोस सोलर, मेस्सी, नेयमार र एम्बाप्पेले गोल गरे । मेस्सीले सर्जियो रोमोसको पासमा गोल गरेका थिए भने एक पास उपलब्ध गराएका थिए । एम्बाप्पेले पेनाल्टीमा गोल गरेका थिए ।

ट्रोयसको लागि मामा बाल्डेले दुई तथा एन्टी पलाभर्साले गोल गरे पनि हार टार्न सकेनन् । अपराजित पीएसजीले १३ खेलबाट ३५ अङ्क सहित शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको लेन्सको ३० अङ्क छ । ट्रोयसक १३ अङ्क सहित ११ औँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस