दक्षिण कोरियामा १४९ जनाको मृत्यु, ७६ जना घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दक्षिण कोरियामा १४९ जनाको मृत्यु, ७६ जना घाइते


१३ कार्तिक २०७९, आइतबार


काठमाडौँ । दक्षिण कोरियाको राजधानी सि‌ओलमा भएको भागदौडमा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्।

घटना शनिबार साँझको हो। हलोविनको समयमा सडकमा ठूलो भीड थियो। यसै क्रममा दुर्घटना भएको हो।

अधिकारीहरूका अनुसार मारिनेहरूमध्ये अधिकांश किशोर र २० वर्षका थिए। प्रत्यक्षदर्शीहरूले प्रदर्शनकारीहरूको भीडलाई नियन्त्रण गर्न प्रहरीले संघर्ष गरिरहेको बताए।

विदेशी सञ्चारमाध्यमका अनुसार भीडमा करिब एक लाख मानिस थिए। राजधानीको लोकप्रिय क्षे‍त्र इटावनको साँघुरो गल्लीमा दुर्घटना भएको हो। दक्षिण कोरियाका राष्ट्रपति युन सुक(योलले घटनाको छानबिन गर्न आदेश दिएका छन्

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलगायत विश्वका धेरै नेताहरूले शोक व्यक्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस