एमालेका सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एमालेका सूर्य थापालाई आयोगले सोध्यो स्पष्टीकरण


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा (एमाले) का सूर्य बहादुर थापा क्षेत्रीलाई स्पष्टीकरण सोधेको छ।

निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले आयोगले स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुनेु व्यवस्था रहेकोमा उम्मेदवार थापाले आफ्नो निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल रहेको ठहर आयोगले गरेको छ।

उनलाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस