२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानलाई कसले गर्‍यो घरमै आक्रमण ?

अ+ अ-

वासिङटन डिसी । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको छ। उनको सान फ्रान्सिस्कोको घरभित्र पसेर आक्रमणकारीले उनीमाथि हथौडाले ‘आक्रमण’ गरेको हुन्।

यो आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उनको शल्यक्रिया गरिएको छ । यस आक्रमणमा ८२ वर्षीय पाउल पेलोसीको टाउको फुटेको छ र दाहिने हातमा गम्भीर चोट लागेको छ। पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो।

४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि आफ्नी श्रीमती न्यान्सी पेलोसीसँग भेटाइदिन माग गरोको बताइएको छ । हत्या प्रयासको आरोपमा अभियुक्त पक्राउ परेका छन् । तर, आक्रमणको कारण भने खुल्न सकेको छैन ।

आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा थिइन् । घटनाको जानकारी पाएलगत्तै उनी त्यहाँबाट अस्पताल पुगिन् । प्रवक्ता ह्यामिलका अनुसार पल पेलोसीको आक्रमणपछि जुकरबर्ग सान फ्रान्सिस्को जनरल अस्पतालमा शल्यक्रिया गरिएको छ।

सान फ्रान्सिस्कोका प्रहरी प्रमुख विलियम स्कटले शुक्रबार बिहान २स्२७ मा गरिएको फोन कलमा अधिकारीहरूलाई सो घटनाबारे जानकारी गराइएको बताए। प्रहरीका अनुसार डेभिड डेपेपले पल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए । अभियुक्त घरको पछाडिको ढोकाबाट पसेका थिए ।

विलियम स्कटले आरोपीलाई घातक हतियार, चोरी र अन्य धेरै अपराधहरूको साथ आक्रमणको आरोप लगाइएको छ। अहिले आरोपी डेपेप पनि अस्पतालमा भर्ना छन् ।

प्रतिक्रिया दिनुहोस