काँग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने


१२ कार्तिक २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गर्दै छ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा आज बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने भएको हो।

अर्थविद् स्वर्णिम वाग्ले, योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलगायतले घोषणापत्र तयार गरेका हुन्। महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समितिको गठन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस