२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेबाट यी हुन् पहिलोपटक संसदमा ‘डेब्यू’ गर्न लागेका युवा नेता (सूचीसहित)

अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी नयाँ अनुहारलाई प्राथमिकता दिनेमा नेकपा एमाले पहिलो दल बनेको छ। पार्टी विभाजन भएसँगै एमालेमा नयाँले प्राथमिकता पाएका हुन्। एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनेसँगै एमालेमा युवा अनुहारले प्राथमिकता पाएको हो।

यस पटक एमालेले गुटगत आधारमा टिकट बाँडेको आरोप लागेको छ। अध्यक्ष केपी शर्मा ओलीले फरक गुटका नेतालाई टिकट पाउनबाट वञ्चित गर्दै आफू निकटलाई टिकट वितरण गरेको आरोप एमालेजनले लगाएका छन्। अध्यक्ष ओलीले एमाले नेताहरू घनश्याम भुसाल, भीम रावललगायतका नेताहरूलाई टिकट नदिएपछि नयाँले अवसर पाएका हुन्। साथै एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भएका कारण पनि एमालेमा नयाँले अवसर पाएका छन्।

कैलाली-१ बाट तपेन्द्र रावल उम्मेदवार छन्। टिकापुर नगरपालिकाका पूर्व मेयरसमेत रहेका रावलले सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन्। यस्तै एमालेले डोल्पाबाट गणेशबहादुर शाहीलाई उम्मेदवार बनाएको छ। ठूलिभेरी नगरपालिकाका पूर्व मेयरसमेत रहेका शाही एकीकृत समाजवादीमा गएपनि गत भदौमा एमालेमा फर्किएका थिए। डोल्पामा उनले आफ्नै सहकर्मी प्रेमबहादुर आलेसँगै प्रतिस्पर्धा गर्दैछन्। ओलेको राम्रो प्रभाव रहेको डोल्पामा शाहीका लागि चुनौती रहेको एमाले डोल्पाका नेताहरू बताउँछन्।  

यस्तै इलामबाट एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छ। एमाले इलाम जिल्ला अध्यक्ष रहेका बस्नेतले आफ्ना राजनीतिक गुरु नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग प्रतिस्पर्धा गर्नेछन्। इलाम नगरपालिकाका पूर्वमेयर बस्नेत पहिलोपटक, उनी एमाले जिल्ला अध्यक्षसमेत हुन्। बस्नेत २०५४ देखि ०५९ र ०७४ सालमा इलाम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। यो क्षेत्रमा बस्नेत र खनालबीच मुख्य प्रतिस्पर्धा हुने आङ्कलन छ। 

एमालेले जुम्लामा रतननाथ योगीलाई चुनावी मैदानमा उतारेको छ । केन्द्रीय सदस्य एवं जुम्ला इन्चार्जसमेत रहेका योगी पहिलोपटक चुनावी मैदानमा छन्। उनीविरुद्ध सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी गोमा गौतम उम्मेदवार छन्।

यस्तै बाँकेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मत कुमार कक्षपति पहिलोपटक चुनावी मैदानमा छन्। उनले बाँके–३ बाट नेपाली काँग्रेसका उम्मेदवार किशोर सिंह राठौर विरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ। भक्तपुर-१ मा एमाले जिल्ला अध्यक्ष नवराज गेलाल पनि चुनावी मैदानमा छन्। उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल गोठे र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालसँग प्रतिस्पर्धा गर्नेछन्। उक्त क्षेत्र नेमकिपाको पकड क्षेत्र मानिन्छ। भक्तपुर जिल्ला समन्वय समितिका पूर्व अध्यक्षसमेत रहेका गेलाल पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्। 

साथै काठमाडौँ-८मा शिव वैद्य, मोरङ-४ मा विनोद ढकाल, ललितपुर-२ मा प्रेम महर्जन, कञ्चनपुर-१ मा तारा लामा तामाङ, दैलेख– १ मा लक्ष्मीप्रसाद पोखरेल, हुम्लामा दल बहादुर रावल, कालिकोटमा नगेन्द्र शाही, सुर्खेत-२ मा अमृत बिसी, जाजरकोटमा नीरज आचार्य, प्युठानमा सूर्य थापा, रोल्पाबाट पूर्णबहादुर बुढा मगर, रोल्पाबाट नन्दराम देवकोटा, नवलपरासी सुस्ता पूर्व क्षेत्र-१ बाट एमाले केन्द्रीय सदय कृष्ण पौडेल, पश्चिम नवलपरासी-२ मा जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारी, पाल्पा १ मा नारायणप्रसाद आचार्य, पाल्पा-३ मा पोलिटब्युरो सदस्य ठाकुर गैरे, बझाङमा अनेरास्वियूका पूर्वअध्यक्ष ऐन महर, बागलुङ-२ मा मन्जु शर्मा जिल्ला अध्यक्ष मनबहादुर गुरुङ कास्की-१ बाट, म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, विवेकशील साझा साझाबाट एमालेमा प्रवेश गरेका अब्दुस मियाँ गोरखा-२ बाट (उनले एमाले प्रवेश गर्नुअघि काठमाडौँ ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए।)

काठमाडौँ-१ बाट किरण पौडेल, काठमाडौँ २ बाट मणिराम फुयाँल, काठमाडौँ ६ बाट पूर्व आइजिपी सर्वेन्द्र खनाल, काठमाडौँ-१० बाट हिमेश केसी, सिन्धुली-१ बाट प्रदीप कटुवाल, सिन्धुली-२ बाट मनोजजंग थापा, बारा-३ बाट ज्वाला कुमारी शाह, गोरखा-१ बाट रामशरण बस्नेत, तनहुँ-१ बाट केन्द्रीय सदस्य एकबहादुर राना मगर, तनहुँ-२ बाट किरण गुरुङ, रामेछापबाट कैलाश ढुङ्गेल, नुटाकोट-१ मा बद्री मैनाली, सुनसरी-४ बाट जगदीश कुसियत, सिरहा-१ बाट रामशंकर यादव, उदयपुर २ बाट अमरबहादुर रायमाझी, बर्दिया-१ बाट लक्ष्मणलाल ज्ञवाली, बर्दिया-२ बाट पङ्कज सिंह राथौड, बाँके-१ बाट सूर्य ढकाल, सोलुखुम्बुबाट मान वीर राई  मकवानपुर-२ बाट महेश बर्तौला उम्मेदवार रहेका छन्। 

प्रतिक्रिया दिनुहोस