कांग्रेसको घोषणापत्र शनिबार सार्वजनिक गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसको घोषणापत्र शनिबार सार्वजनिक गरिने


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) शनिबार (भोलि) सार्वजनिक हुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने भएको छ । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो ।

घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको छ ।

यसअघि ७ कात्तिक सार्वजनिक गर्ने भनिएको उक्त घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस