पश्चिमा देशले युक्रेनमा खतरनाक खेल खेलिरहेको छ : पुटिन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पश्चिमा देशले युक्रेनमा खतरनाक खेल खेलिरहेको छ : पुटिन


११ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले युक्रेनमा खतरनाक र रक्तपातपूर्ण खेल खेलिरहेको आरोप लगाएका छन्। उनले विश्वभर सत्ता कब्जा गर्न पश्चिमा मुलुकको खेल खेलेको पनि आरोप लगाएका छन्।

बिहीबार एक कार्यक्रममा उनले पश्चिमा देशको यो फोहोरी खेल विश्वले बुझ्न थालेको बताए।

पुटिनले भूराजनीतिक नक्साबाट रुस ध्वस्त नभएको र नमेटिने प्रतिक्रिया दिए। ‘अब सबै सभ्यतामा लोकतान्त्रिक विकासको अवसर छ’, उनले भने, ‘विश्व व्यापारबाट बहुसंख्यकले लाभ उठाउनुपर्छ, व्यक्तिगत सुपर धनी निगमहरू होइन।’ संयुक्त राष्ट्र सुरक्षा परिषद्को संरचनाले विश्वव्यापी विविधतालाई प्रतिबिम्बित गर्नुपर्ने उनको तर्क छ।

पश्चिमाले नै युक्रेनलाई आणविक हतियार प्रयोग गर्न उक्साएको आरोप लगाएको छ। यी आरोपबीच रुसले पछिल्लो समय युक्रेनको ४० भन्दा बढी गाउँमा आक्रमण गरेको थियो । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा दुई जनाको मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस