महोत्तरीमा भड्कियो हिंसा, प्रहरीद्वारा एक दर्जन हवाइ फायर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महोत्तरीमा भड्कियो हिंसा, प्रहरीद्वारा एक दर्जन हवाइ फायर


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । महोत्तरीको भंगहा नगरपालिका-८ मा हिंसा भड्किएको छ । हिन्दु सम्राट् सेना नाम गरेको एक सङ्गठनले निकालेको र्‍यालीको क्रममा हिंसा भड्किएको हो । 

स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरूले जनाएका छन् । प्रहरीले एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको छ । 

अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस