समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन (सूचीसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन (सूचीसहित)


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि दलहरूले पेस गरेका उम्मेदवारको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरेको हो । 

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार रहेका छन् । 

यसैगरी, प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं. १ का लागि ६१६, मधेस प्रदेशका लागि ८६३, बागमती प्रदेशका लागि ७५४, गण्डकी प्रदेशका लागि ३४४, लुम्बिनी प्रदेशका लागि ५७९, कर्णाली प्रदेशका लागि २०० जना र सुदूरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवारहरू रहेका छन् । 

आयोगले समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोध, जाँचबुझ, जरिबाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेकासमेत गरी ५५० जना व्यक्तिहरूको नाम बन्दसूचीबाट हटाएको थियो ।

प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

 प्रदेश सभा !

प्रदेश नं १ सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

मधेस प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

बागमती प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

गण्डकी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

लुम्बिनी प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

कर्णाली प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

सुदूरपश्चिम प्रदेश सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित  उम्मेदवारको अन्तिम बन्दसूची

Tags :
प्रतिक्रिया दिनुहोस