यी १३ डिपो तिहार बिदामा खुला पनि खुला रहने छन् (सूचीसहित) « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यी १३ डिपो तिहार बिदामा खुला पनि खुला रहने छन् (सूचीसहित)


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ बिदामा आफ्ना माताहतमा रहेका १३ वटा डिपोहरू खुला राख्ने निर्णय गरेको थियो । शुक्रबार सूचना जारी गर्दै निगमले तिहारको बिदामा देशभर रहेका विभिन्न डिपोहरू खुला राख्ने जानकारी दिएको थियो । सोही निर्णयअनुसार १३  वटा डिपोहरू खुला रहेका निगमले जनाएको छ । 

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन तिहार र छठ बिदामा अन्य निजी डिपोहरूलाई पनि खुला राख्न निगमले निर्देशन दिइए थियो ।

प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंजमा कात्तिक ७, ८ र ११ गते डिपो खुला हुने निगमले जनाएको छ । वाग्मतीको थानकोट र गण्डकीको पोखरामा कात्तिक ८, ९ र १२ गते खुला हुनेछन् । लुम्बिनीको भैरहवा र कर्णाली प्रदेशको सुर्खेतका डिपोहरू कात्तिक ७, ८ र ११ गते खुला हुनेछन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा तथा शाखा कार्यालय चारआलीमा रकेको डिपो कात्तिक ७ र ११ गते बिदाको दिनमा खुला हुनेछन् ।

नेपालगन्ज र धनुषा ११ गते, वीरगन्ज ७ र १३ गते र दाङको इन्धन डिपो कात्तिक ८ र १२ गते खुला रहने छ । त्यस्तैगरी शाखा कार्यालय दिपायलको डिपो भने कात्तिक ७, ११, १२ र १३ गतेसम्म खुला रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस