‘मेरो एक मात्र एजेन्डा देशको विकास र समृद्धि हो’ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘मेरो एक मात्र एजेन्डा देशको विकास र समृद्धि हो’


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । पूर्व सभामुख एवम् नेकपा (माओवादी केन्द्र) की नेता ओनसरी घर्तीले आफ्नो एक मात्र एजेन्डा देशको विकास र समृद्धि भएको बताएकी छन् ।

बुधवार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसीजको २१औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि बाहेक अरू कुनै एजेन्डा आफूहरूसँग नभएको बताएकी हुन् ।

उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामहरूको पनि जिम्मेवारी लिने बताइन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं.२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार समेत रहेकी नेता घर्तीले आफू निर्वाचित भएमा सबै पेसा, व्यवसायका मानिसहरूको हक अधिकारहरूको सुनिश्चित हुने गरी कानुन बनाउने बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस