२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन मेडिकल कलेजको क्यान्सर अस्पताल सञ्चालन

अ+ अ-

चितवन । जिल्लामा निजी स्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ।

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रूपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो।

अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको इन्स्टिच्युट स्थापना गरिएको हो। इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, रेडियो थेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सुरु गरिएको छ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा. हरिश्चन्द्र न्यौपानेका अनुसार सेवा सुरु गरिएको भए पनि औपचारिक उद्घाटन मङ्सिरमा गरिने छ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा. न्यौपानेले जानकारी दिए। उपकरणमा मात्रै एक अर्ब २७ करोड बढी खर्च भइसकेको उनले बताए।

अस्पतालमा दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ।

क्यान्सर उपचारकै लागि अस्पतालले छ तले भवन निर्माण गरेको छ। इन्ष्टिच्युटका रेडियसन अङ्कोलोजिष्ट डा.सुवास ठाकुरले टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताए।

उहाँका अनुसार ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ। पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ।

जिल्लामा ल्याइएका क्यान्सरका बिरामीलाई अन्यत्र जान नपर्ने गरी सेवा दिइने प्रबन्ध निर्देशक न्यौपानेले बताए। उनले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको भन्दै अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकासमेत १६ क्यान्सरका विशेषज्ञ चिकित्सक रहने जानकारी दिए।

रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि उपकरण खरिद गरिएको उनको भनाइ छ।

अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी दुई अर्बभन्दा बढी खर्च लगानी हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताए।

नेपालका मेडिकल कलेजमा धेरै बिरामी परीक्षण गर्ने मध्येमा यो मेडिकल कलेज पर्दछ। देवकोटाले क्यान्सर इन्स्टिच्युट सञ्चालनमा आएसँगै नेपालका बिरामी विदेश जान नपर्ने बताए।

भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उनले बताए। उनले भने, ‘हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दै छौँ।’

जिल्लामा सरकारी स्तरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनमा छ। बिरामी चापका कारणले रेडिएसन, केमोथेरापीलगायतका सेवा लिन पालो कुर्नुपर्ने बाध्यता छ। समयमा पालो नआउँदा बिरामी भारत जान बाध्य छन्। निजी स्तरको अस्पताल सञ्चालनमा आएसँगै ती बिरामीलाई सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस