प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिबन्धित लागुऔषधसहित २ जना पक्राउ


९ कार्तिक २०७९, बुधबार


झापा । जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित लागुऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ । हिजो साँझ ८ बजे झापाको अर्जुनधारा नगरपालिका-११ चिया बगान छेउमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अर्जुनधारा-११ बस्ने ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । चेकजाँच गर्दा दुवै जनाको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  वसन्त पाठकले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस