आयोगले समानुपातिक सूचीबाट हटायो प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आयोगले समानुपातिक सूचीबाट हटायो प्रधानमन्त्रीका प्रेस प्रमुख परियारको नाम


८ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसले समानुपातिक सूचीमा राखेका प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ।

उम्मेदवार भएर पनि लाभको पदमा बसेको भन्दै आयोगले मंगलबार उनको नाम सूचीबाट हटाइदिएको हो।

परियारसँगै आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ उम्मेदवार बनाएका ५५० जनाको नाम हटाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस