२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती नयाँ प्रधानमन्त्री ऋषिका नाममा बने यस्ता रेकर्डै-रेकर्ड

अ+ अ-

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतमा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। कन्जरभेटिभ सांसद ऋषि सुनकलाई मंगलबार बेलायतका राजा चार्ल्सले प्रधानमन्त्री नियुक्त गरेका छन्।

बेलायती प्रधानमन्त्री भएपछि ऋषिका नाममा विभिन्न रेकर्ड बनेका छन्। राजा चार्ल्सले प्रधानमन्त्री नियुक्त गरेका ऋषि पहिलो व्यक्ति हुन्। यसअघिकी प्रधानमन्त्री लिज ट्रस महारानी एलिजाबेथबाट नियुक्त भएकी थिइन्। आमाको निधन भएपछि चार्ल्स केही साताअघि मात्रै राजा बनेका थिए।

बितेका दुई  शताब्दीमा ४२ वर्षको उमेरमा बेलायतको प्रधानमन्त्री हुने ऋषि पहिलो व्यक्ति हुन्। सन् १८१२ मा रोबर्ट जेन्किन्सन ४२ वर्षको उमेरमा बेलायती प्रधानमन्त्री भएका थिए। त्यसपछि यति कम उमेरमा कोही पनि बेलायती प्रधानमन्त्री भएका थिएनन्। बेलायतका सबैभन्दा कान्छा प्रधानमन्त्रीको इतिहास विलियम पिटका नाममा छ। उनी २४ वर्षको उमेरमै प्रधानमन्त्री बनेका थिए। सन् १७५९ मा जन्मेका उनी सन् १७८३ मा प्रधानमन्त्री बनेका थिए।

ऋषि बेलायतका पहिलो अश्वेत प्रधानमन्त्री हुन्। यसअघि जहिले पनि श्वेतहरू मात्र बेलायतका प्रधानमन्त्री बनेका थिए। उनी बेलायतको प्रधानमन्त्री हुने पहिलो एसियाली र भारतीय मूलका व्यक्ति हुन्। उनको भारतसँग पुर्ख्यौली साइनोमात्र होइन अहिले पनि पारिवारिक सम्बन्ध छ।

उनकी श्रीमती भारतीय अर्बपति नारायण मूर्तिकी छोरी अक्षता मूर्ति हुन्। अक्षता र ऋषिले सन् २००९ मा भारतको बैंग्लुरूमा विवाह गरेका थिए।

उनी प्रधानमन्त्री बनेसँगै बेलायतमा पहिलो पटक हिन्दु धर्मालम्बी प्रधानमन्त्री बनेका छन्।  

२०१७ को आमनिर्वाचनपछि उनले हिन्दु धार्मिक ग्रन्थ गीतामा हात राखेर सांसदको शपथ लिएका थिए।

‘मेरो आस्थाले मलाई शक्ति दिन्छ, जीवनको उद्देश्य दिन्छ र यो म को हुँ भन्ने कुराको एक भाग हो,’ उनले भनेका छन्।

दुई वर्षअघि अर्थमन्त्री हुँदा दीपावलीको अवसरमा  ऋषिले नम्बर ११ डाउनिङ स्ट्रिटमा दीप प्रज्वलन गरेका थिए।